राष्ट्रपतिद्वारा टीका ग्रहण गर्न ‘इच्छुक’हरूलाई आह्वान

राष्ट्रपति कार्यालयले बडादसैंको अवसरमा टीका ग्रहण गर्न ‘इच्छुक’ विभिन्न पदाधिकारी र सर्वसाधारणलाई आह्वान गरेको छ।

राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार विभिन्न ‘इच्छुक’ व्यक्तिहरूका लागि विजया दशमीका दिन असोज २१ गते शीतलनिवासको गेट नं. १ खुल्ला रहनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजेदेखि २ बजेसम्म सम्माननीय पदाधिकारी, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सङ्घीय-संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभावहरूलाई टीका दिने कार्यक्रम तय गरेको छ।

त्यसैगरी, अन्य ‘इच्छुक’ सर्वसाधारणका लागि भने दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म राष्ट्रपतिले टीका दिने बताइएको छ।


ताजा खबर