कोरोना महामारीसंगै चर्चामा आएका शब्दवाली : सोसल डिस्टेन्सिङ, क्वारेन्टाइन, आइसोलेसन, लकडाउन र कर्फ्यु

कोरोना भाइरस (कोभिड–१९)को महामारीको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले मंगलबारदेखि लकडाउन गरेको छ । लकडाउनसँगै कोरोना महामारीले केही शब्दहरु चर्चित भएका छन्– जस्तैः क्वारेन्टाइन, आइसोलेसन, लकडाउन, कर्फ्यु र सोसल डिस्टेन्सिङ । तर, ती सबैको पारिभाषिक शब्दावलीको अर्थ फरक–फरक छ ।

सोसल डिस्टेन्सिङ
सोसल डिस्टेन्सिङ भनेको व्यक्तिहरुको शारिरीक दूरी कायम राख्ने अभ्यास हो । विशेषज्ञहरुले कम्तिमा ६ फिटको दूरी कायम गर्न सल्लाह दिएका छन् । त्यसको अर्थ तपाईं दिनभर घरै बस्नुपर्छ भन्ने होइन, किरानासम्म गएर सामान किन्न जान सक्नुहुनेछ । तर, शारिरीक दूरी भने नजिक हुनुहुँदैन ।

  • सम्भव भएसम्म व्यक्तिगत वा सामूहिक भेटघाट र अन्तर्क्रियालाई कम गर्नुहोस् ।
  • धार्मिक अनुष्ठान, खेलकुद, मनोरञ्जनात्मक, सांगीतिक कार्यक्रममा नजानुहोस् ।
  • अफिस नजानुहोस्, घरबाटै काम गर्नुहोस् । भर्चुअल मिटिङ गर्नुहोस् ।
  • विद्यालय, कलेज र ट्युसन सेन्टर नजानुहोस्, अनलाइन कक्षाको अभ्यास गर्नुहोस् ।
  • हात नमिलाउनुहोस्, नमस्ते गरेर अभिभादन गर्नुहोस् ।

क्वारेन्टाइन
सोसल डिस्टेन्सिङ भन्दा क्वारेन्टाइन गम्भीर हो । कसैलाई यदि कोरोना पोजेटिभ देखाएको अवस्थामा तिनले लागि कडाईपूर्वक क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार कोरोनाका लक्षणहरु देखिन सुरु भएको छ कि भनेर १४ दिनसम्म त्यस्ता व्यक्तिलाई अलग्गै राख्नुपर्छ । अरुमा छिट्टै सर्ने जोखिम भएकाले संक्रमित व्यक्तिलाई एक्लै राख्ने गरिन्छ ।

  • इमरजेन्सीको अवस्था नआएसम्म कडाईपूर्वक घरमै बस्ने ।
  • सार्वजनिक यातायात र क्षेत्रभन्दा टाढै बस्ने ।
  • ज्वरो, खोकी, स्वासप्रश्वासको जाँच गर्नुहोस् ।
  • साबुनपानीले हात धुनुहोस् । घरको सफाईमा ध्यान दिनुहोस् ।
  • आवश्यक सरसामानको व्यवस्था घरमै गर्नुहोस् ।

आइसोलेसन
कोरोना संक्रमण भएको पुष्टि भएपछि निदान हुने अवधिसम्मका लागि आइसोलेसनमा बस्नुपर्ने हुन्छ । संक्रमितका लागि गम्भीर र कठोर अवस्था हो, आइसोलेसन । यस अवस्थामा तपाईंसँग स्वास्थ्यकर्मीबाहेक कोही पनि सँगै रहनु हुँदैन । यो अवस्थामा कोरोना भाइरस नभएको

  • चिकित्सकीय यकिन नभएसम्म अस्पतालमै बस्नुपर्छ ।
  • अलग्गै स्थान वा अस्पतालमा बस्ने ।
  • मास्क अनिवार्य लगाउनुहोस् । नजिकै आउनेलाई पनि अनिवार्य गर्नुहोस् ।
  • शारिरीकरुपमा कसैसँग सम्पर्क नगर्ने ।
  • छुट्टै भाँडा प्रयोग गर्नुहोस् ।
  • वरिपरि सधैं सफा राख्नुहोस् ।
  • पटक पटक साबुन पानीले हात धुनुहोस् ।

लकडाउन
व्यक्तिहरुको आवतजावत बन्द गर्दै कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गर्ने गरिन्छ । व्यक्तिको छनोटमा लकडाउन हुँदैन । प्रायगरी राज्यले दबाबमुलक तरिकाले लकडाउन गर्दछ ।

  • सार्वजनिक यातायात र हवाई मार्ग बन्द गरिन्छ ।
  • होटल, रेस्टुरेन्ट, फिल्म हल, जीमखानाहरु बन्द गरिन्छन् ।
  • कोरोनाका संक्रमित व्यक्तिले सार्न सक्ने सम्भावित व्यक्तिहरुलाई क्वारेन्टाइनमा पठाइन्छ ।

कर्फ्यु
नेपालमा मंगलबारदेखि लकडाउन गरेपछि पनि आवागमन नरोकिएपछि कर्फ्यु नै लगाउनुपर्ने आवाज उठेको छ । खासगरी कर्फ्यु राजनीतिक शब्द हो, जसले मुलुकपिच्छे फरक फरक अवस्थामा प्रयोग गरिन्छ । कर्फ्युलाई सरकारले कठोरतापूर्वक लागू गर्दछ । कर्फ्युका लागि निश्चित समय र स्थान तोकिएको हुन्छ, तर लकडाउनमा त्यस्तो हुँदैन ।

  • सम्भावित हुलदुंगा नियन्त्रण गर्न सरकारले नागरिकलाई घरभित्रै रहन दबाब दिन्छ ।
  • कर्फ्यु आदेश उल्लंघन गर्नेलाई पक्राउ गर्ने, जरिवाना तिराउनेमात्रै होइन स्थिति असहज भए गोली हान्ने अधिकार पनि प्रहरीसँग हुन्छ ।

ताजा खबर