सनराइज बैंकले दशैंमा संचालन गर्यो निःशुल्क बस

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान् चाड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गरेको छ ।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन गर्ने जनाएको छ।

“सनराइज दशैं यात्रा हामी सँग सँगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा सञ्चालन गर्नेछ जसमा बुढानिलकण्ठ देखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् ।

बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरmमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ।


ताजा खबर