त्रिभुवन विश्वविद्यालयले चैत ६ गतेको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले चैत ६ गतेको परीक्षा यथावत् रूपमा सञ्चालन हुने जनाएको छ । बुधवार साँझ एक सूचना जारी गर्दै त्रिविले परीक्षा यथावत रूपमा सञ्चालन हुने भनेको हो ।

विश्वविद्यालयले कोरोना भाइरस(कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै क्याम्पस र कलेजका कक्षा सञ्चालन एवम् चैत ७ गतेपछिका परीक्षाहरू सञ्चालनका सम्बन्धमा बिहीबार(चैत ६) गते सूचना प्रकाशित गर्ने समेत जनाएको छ ।

बुधवारै सरकारले एसइई लगायत मुलुकभरका शैक्षिक संस्थाहरूमा सञ्चालन हुन लागेका परीक्षा र पठनपाठन स्थगित गर्ने निर्णय गरेको थियो ।


ताजा खबर