दशैंमा गर्भवती महिलाको हेरचाह र खानपिनमा कसरी ध्यान दिने ?

– दशैंको समयमा धेरैले लामो दुरीको यात्रा गर्छन् । तर, गर्भवती महिलाको स्वास्थ्यका लागि लामो दुरीको यात्रा राम्रो हुँदैन । त्यसैले यात्रा गर्दा विशेष साबधानी अपनाउनुपर्छ । कच्ची बाटोको यात्रा गर्दा पेटमा भएको बच्चालाई सिधा असर गर्छ ।

–टिका लगाउन जाँदा डेलिभरी हुनसक्छ । अथवा रगत बग्ने, प्रेशर बढ्ने जस्ता अन्य समस्या समेत आउन सक्छ । त्यसैले यस्तो अवस्थामा आाफुले यात्रा गर्ने स्थान नजिक स्वास्थ्य संस्था भए नभएको राम्रोसँग बुझ्नुपर्छ ।

– गर्भवती महिलालाई सामान्य अवस्थामाभन्दा बढी आरामको आवश्यकता पर्छ । लामो समयसम्म उभिने वा बस्ने गर्नु हुँदैन ।

– गर्भवती महिलाले धूमपान र मद्यपान गर्दा गर्भको बच्चाको शारिरीक तथा मानसिक विकासमा अवरोध आउँछ । त्यसैले एक पटक मात्र हो भनेर पनि गर्भवती महिलाले धुमपान मद्यपान गर्नुहुँदैन । के खाने, के नखाने ?

– सामान्य अवस्थामा जस्तै चाडपर्वको समयमा पनि गर्भवती महिलाले दहि दूध, माछामासु, सागसब्जी जस्ता खानेकुरा पर्याप्त खानुपर्छ –चिल्लो, बोसोयुक्त र मसलेदार माछामासु धेरै खानु हुँदैन । पोलेको मासु नखानु नै राम्रो हुन्छ ।

– सामान्य अवस्थामा समेत खानेकुरा धेरै खाँदा कब्जियत हुन्छ । गर्भवती महिलालाई कब्जियतको सम्भावना धेरै ले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

– सकेसम्म पखाला लाग्ने खानेकुरा खानु हुँदैन । ज्यादा पखाला लागेमा समयभन्दा पहिले नै डेलिभरी हुने सम्भावना पनि हुन सक्छ ।


ताजा खबर