हरिवंश आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षक नियुक्त

हरिवंश आचार्यलाई नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त हुनुभएको छ । विगत चारदशकदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, चलचित्र क्षेत्रको संरक्षण तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि संघमा आचार्य क्रियाशील हुनुहुन्छ ।

वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी आचार्यको पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म मात्र रहने संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट कार्य व्यस्तताका कारणले दिनुभएको राजीनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेपछि रिक्त पदमा आचार्यलाई नियुक्त गरेको हो ।

संघको बैठक अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको थियो ।


ताजा खबर