चिन सरकार नेपालमा कोराना नियन्त्रण र रोकथामकालागि जस्तो सुकै मद्दत गर्न तयार छ : राजदूत यान्छी

चिनियाँ सरकारले नेपाल कोराना भाइरसको संक्रमणबाट मुक्त रहेको हेर्न चाहेको  र नेपालमा कोराना नियन्त्रण र रोकथामकालागि जस्तो सुकै मद्दत गर्न तयार रहेको बताएको छ ।

सफल नेपालसँगको संक्षिप्त कुराकानीमा नेपालका लागि चीनयाँ राजदूत हाउ यान्छीले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या शून्य रहने अपेक्षा गरेको बताउनु भएको हो ।

कोरोना भाइरसको संक्रमणको नियन्त्रण र रोकथाममा नेपाली जनताले सर्वप्रथम सरकार माथी विश्वास गर्नु पर्ने बताउनुहुदै राजदूत यान्छीले नेपाल सरकारले संक्रमणबाट जोगिन धेरै महत्वपूर्ण कदमहरु लिरहेको बताउनु भयो ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जस्तो सुकै मद्दत गर्न चिनियाँ सरकार तयार रहेको बताउनु भयो ।

आर्थिक वृद्धिभन्दा जनताको स्वास्थलाई चिनियाँ सरकारले सधै प्राथमिकता दिएको भन्नु हुदै राजदूत यान्छीेले नेपाल सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली ’ अभियानलाई यथावत राखेर भए पनि जनस्वास्थलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।

राजदूत यान्छीेले चीनमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने ५० हजार जनताको सफल उपचार पछी घर फर्की सकेको जानकारी दिनुभयो ।


ताजा खबर