भारतीय राजदूत र उपराष्ट्रपतिबीच शिष्टाचार भेट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुनसँग आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए लगत्तै राजदूत क्वात्राले उपराष्ट्रपति पुनसँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा उपराष्ट्रपति पुनले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । यसैगरी राजदूत क्वात्राले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग पनि  शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँहरूबीच नेपाल–भारत सम्बन्धबारे छलफल भएको थियो । सो अवसरमा राजदूत क्वात्राले उपप्रधानमन्त्री पोखरेललाई पुस्तक उपहार प्रदान गर्नुभएको थियो ।


ताजा खबर