अन्तरिक्ष केन्द्रमा पुग्यो रुसको पहिलो ह्युमनाइज्ड रोबोट (तस्बिरसहित)

रुसको पहिलो मानवस्वरुपको रोबाेट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक पुगेको छ। गत साता असफल भएको प्रक्षेपण असफल भएपछि रुसले पुनः गरेको प्रयासमा ह्युमनाइज्ड रोबोट अन्तरिक्षमा पठाउन सफल भएको हो।

russian humanoid robot fedor publishes first person video from iss1

‘फेडोर’ रोबोटले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका काम सुरु गरेको छ। अन्तरिक्षमा रहेका वैज्ञानिकहरुको काममा यसले सहयोग गर्ने छ।

रुसी अन्तरिक्ष केन्द्रले पनि रोबोट सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा पुगेको जानकारी दिएको छ। मानवविहीन सोयुज एमएस १४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्ष केन्द्रमा पुर्‍याइएको रुसी वैज्ञानिकहरुले बताएका छन्।

कजाकस्तानस्थित केन्द्रबाट प्रक्षेपण गरिएको यानले उक्त रोबोटलाई अन्तरिक केन्द्रमा पुर्‍याएको थियो। केन्द्रमा ६ जना वैज्ञानिकहरु रहेका छन्।

यसअघि नासाले २ वटा र जापानले ‘किरोबो’ रोबोट पठाएका थिए। सन् १९९८ मा पृथ्वीको कक्षमा स्थापित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको तीव्रतामा पृथ्वीको परिक्रमा गर्ने वैज्ञानिकहरुले उल्लेख गरेका छन्।

 

russian humanoid robot fedor publishes first person video from iss1


ताजा खबर