टि-२० श्रृंखला : पहिलो खेलमा ओमन ७ विकेटले विजयी

आइसिसी टि-२० विश्वकप छनोट क्रिकेटको तयारीका रूपमा रहेको पाँच देश सहभागी श्रृंखलाको पहिलो खेलमा ओमान ७ विकेटले विजयी भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो।

हङकङका हरुन अर्सदले नटआउट रहँदै १९ रन बनाए। यस्तै, असन अब्बासी १७, निजकत खान १७, वक्स बर्कतले १५ रन जोड्नुबाहेक अन्यको प्रदर्शन फितलो रह्यो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले १३ दशमलव ५ ओभरमा जम्मा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

प्रतियोगिताअन्तर्गत अर्को खेल आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ। प्रतियोगितामा नेपालले आइतबार पहिलो खेल हङकङसँग खेल्नेछ।

श्रृंखलाअन्तर्गत नेपालले सोमबार नेदरल्याण्ड्स, बुधबार आयरल्याण्ड, र बिहीबार आयोजक ओमनसँग प्रतिष्पर्धा गर्नेछ। प्रतियोगितामा सहभागि देशमा नेपालबाहेक अरू सबै टिमले विश्वकप छनोट खेल्नेछन्। तर, नेपाल सिंगापुरमा भएको क्षेत्रीय छनोटबाट नै बाहिरीएका कारण यो प्रतियोगिता उसका लागि औपचारिकता मात्रै हुनेछ ।


ताजा खबर