कश्मीरको अनन्तनागमा बम विस्फोट, प्रहरी र पत्रकारसहित १० घाइते

असोज १८, २०७६

भारत प्रशासित जम्मु-कश्मीरको अनन्तनाग जिल्लामा बम विस्फोट भएको छ। बम विस्फोटमा प्रहरी र पत्रकारसमेत १० जना घाइते भएको बीबीसीले लेखेको छ। जम्मु-कश्मीर प्रहरीले सामाजिक संजाल ट्विटर मार्फत चरमपन्थीले अनन्तनागको उपायुक्त कार्यालय बाहिर एक ग्रिनेड बम विस्फोट गरिएको जानकारी दिएको छ।


ताजा खबर