दसैँमा चंगा चेट प्रतियोगिता, पहिलो हुनेलाई खसी उपहार

 

काठमाडौं- जगडोलमा आन्तरिक र बाह्य पर्यटन प्रवर्धनका लागि गएका वर्षमा जस्तै चंगा चेट र फुड फेस्टिवल हुने भएको छ। शनिबार हुने कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतिसँगै चंगा चेट नै मुख्य आकर्षण रहने आयोजकले जनाएका छन्।

यस्ता प्रतियोगिताले काठमाडौं नजिकै रहेर पनि छायामा परेका घुम्न लायक ठाउँको प्रबद्र्धन हुने विश्वासका साथ कार्यक्रम गरिन लागेको आयोजक यज्ञडोल जगडोल युवा क्लबका सदस्य सुबास पौडेलले बताएका छन्। जगडोल झण्डा पार्क परिसरमा फूलपातीको दिन हुने कार्यक्रम मध्यान्ह १२ बजे सुरु हुने आयोजकले बताएका छन्। कार्यक्रममा सहभागी हुनका लागि एक सय रुपैयाँको टिकट शुल्क राखिएको आयोजकले जानकारी दिएका छन्।

चंगा चेट प्रतियोगितामा प्रथम हुनेले खसी पुरस्कार पाउने छन्। यस्तै दोस्रो हुनेले बोका र तेस्रो हुनेलाई कुखुरा पुरस्कार राखिएको छ। सहभागीले लट्टाई र धागो आफैले ल्याउनुपर्नेछ भने चंगा आयोजकले उपलब्ध गराउने छन्।


ताजा खबर