बालबिवाह गराउने अभिभावक र बेहुला-बेहुली पक्राउ परे

बालबिबाह गराउने अभिभावक तथा बेहुलाबेहुलीलाई प्रहरीले पक्राउ गरेको छ । बालबिवाह गराउने पर्सा जिल्ला विरगंज महानगरपालिका–२७ बस्ने बेहुलाका बुबा प्रभु महतो, २१ बर्षे बेहुला राजकुमार प्रसाद कुशवाहा र बाराको फेटा गाउँपालिका वडा नम्बर १ बस्ने बेहुलीका बुवा पन्नालाल प्रसाद कुशवाहा र बेहुली १५ बर्षे सोनम कुमारी कुशवाहा रहेका छन् ।

बालबिबाह भैरहेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीलाइ पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थपगरी बालबिवाह मुद्दा अन्तरगत अनुसन्धानको प्रक्रिया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

समाजमा रहेका बाल बिवाह, दाईजो प्रथा, बहुबिवाह तथा लैंगिङ्क हिंसा लागायतका अपराध न्यूनिकरण गर्न प्रहरी, प्रशासन र स्थानीय तह जिल्लामा सक्रिय भएका छन् ।

बारा जिल्लाका दुई उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकागरी १६ वटा स्थानीय तहसँग समुदाय, प्रहरी सामुदायिक अन्र्तगतका प्रहरी, प्रशासनले समन्वयगरी समाजिक कुरित अन्त्य विरुद्ध बाल बिवाह, दाईजो प्रथा, बहुबिवाह तथा लैंगिङ्क हिंसा अन्त्य गर्नमा जुटेका छन् ।

जिल्लाका १६ स्थानीय तहहरु मध्ये फेटा, सर्वण र प्रसौनी गाउँपालिकामा समाजिक कुरिती बिरुद्ध पर्चा, पम्पलेट, सचेतना मुलक -याली, सडक नाटक, सांगीतिक कार्यक्रम लगायत प्रहरी, प्रशासनले सम्पन्नगरी सकेका तथा पछिको दिनमा बाँकी स्थानीय तहमा यस्ता कार्यक्रमहरु गर्ने दिर्घकालिन प्लान बनाइएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । – रासस


ताजा खबर