सुरेश विडारीलाई खोज पत्रकारिता पुरस्कार

नेपालस्थित अमेरिकी दूतावास र शेयरकास्ट इनिसिएटिभ नेपालले यस वर्षको खोज पत्रकारिता कार्यक्रमको लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिक चितवनकी संवाददाता सविता श्रेष्ठले पाएकी छन् ।

उनले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा काननु बनाउन भइरहेको सकसका बारेमा गरेको रिपोर्टिङका लागि २ लाख रुपैयाँको सो पुरस्कार पाएकी हुन् । उक्त पुरस्कार देशका सातवटै प्रदेशका आठ मुख्य शहरहरुमा गरिएको खोज पत्रकारिता रिपोर्टिङ प्रतिस्पर्धाबाट छानिएका सात जना अन्तिम प्रतिस्पर्धीमध्येबाट छनिएर श्रेष्ठलाई प्रदान गरिएको सेयरकास्ट इनिसिएटिभले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा उक्त पुरस्कार अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रदान गरे ।

त्यस्तै ७ प्रदेशका पत्रकारलाई पनि लेखनवृत्तिवापत ७० हजार रुपैयाँ प्रदान गरिएको छ । जसमा प्रदेश १ बाट पूर्वी हटलाइन दैनिकका प्रेमबहादुर कार्की ढोली, प्रदेश २ बाट अनलाइनखबरका सुरेश विडारी, प्रदेश ३ बाट नागरिक दैनिककी सविता श्रेष्ठ, गण्डकी प्रदेशबाट समाधान दैनिकका भरत कोइराला, प्रदेश ५ बाट अन्नपूर्ण पोष्टका शंकरप्रसाद खनाल, कर्णालीबाट कान्तिपुर दैनिककी चाँदनी कठायत र सुदूरपश्चिम प्रदेशबाट कान्तिपुर दैनिककी निर्मला कठायत रहेका छन् ।

विडारी मकवानपुर थाहा नगरपालिका चित्लाङका हुन ।


ताजा खबर