उदितनारायण झाको ‘सरप्राइज’ : नेपालभाषामा पनि गाए गीत

बलिउडका चर्चित गायक उदितनारायण झाको नेपालभाषा (नेवारी)मा पहिलो गीत हालै सार्वजनिक भएको छ ।

गीतमा गायिका दीपा महर्जनले गायक झालाई ‘छंगु जिगु माया रतन’ बाेलकाे गीतमा साथ दिनुभएको छ ।

साे गीत नेपालभाषामा मेलोडी क्विनको उपनाम पाउनुभएकी गायिका महर्जनको ‘सरप्राइज एल्बम’मा समावेश गरिएको छ

यही गीतको बोलमा नेपालभाषामा ‘छंगु जिगु माया रतन’ चलचित्र बन्न लागेको गायिका महर्जनले जानकारी दिनुभयो ।

एल्बम सरप्राइजमा गायिका महर्जनका चारवटा एकल गीत, झा र यमन श्रेष्ठसँग दुईवटा गरी छवटा गीत समावेश गरिएका छन् ।


ताजा खबर