नेपालस्थित भारतीय राजदूतावासमा गणतन्त्र दिवस मनाइयो : फोटो सहित बिशेष फिचर

भारतीय राजदूतावास, काठमाडौंले भारतको ७१औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा कार्यवाहक राजदूत डा. अजय कुमारले भारतको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै समारोह आरम्भ गरी भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

Image may contain: 2 people

उक्त अवसरमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना निकटतम् नातेदारलाई ५.९७ करोड नेपाली रुपैयाँ नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् ।

राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ ।

नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहोर्याउँदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरेको हो ।

 

हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गरेको छ ।

उक्त समारोहमा दूतावासका अधिकारी तथा उनीहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा भारतका मित्रहरुकोे उपस्थिति थियो ।

केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले देशभक्तिका गीतहरु प्रस्तुत गरेका थिए । नेपाली सेनाको ब्यान्डको मधुर प्रस्तुतिसँगै समारोह सम्पन्न भएको थियो ।

सोहि दिन कार्यवाहक राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरे । नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन सो समारोहको मुख्य अतिथिका रुपमा सरिक भएका थिए ।

उक्त समारोहमा १५०० भन्दा बढी विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो जसमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा गन्यमान्य व्यक्तित्वहरु सम्मिलित भए । – सफल नेपाल,काठमाडौं 


ताजा खबर