स्वारेज चम्किएपछि बार्सिलोना बिजयी

युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोना बिजयी भएको छ ।

हिजो राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरमिलानविरुद्ध सुरुवाती अग्रता उल्ट्याँउँदै बार्सिलोना जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा दुबै गोल लुइस स्वारेज गरे । खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएको भए पनि जित निकाल्न सकेन ।

खेलको दोस्रो हाफमा स्वारेजले बार्सिलोनाका लागि दुई गोल गरेका थिए । ५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–१ को स्थितिमा ल्याए । त्यस्तै खेलको ८४ औं मिनेटमा स्वारेजले थप एक गोल गार्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसँगै समूह ‘एफ’को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

एक अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ । यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा छ ।


ताजा खबर