दशैंकाे लागि डीडीसीको घ्यू ५० रुपैयाँ सस्तो

सरकारी स्वमित्वको दुग्ध विकास संस्थानले नजिकिएका ठूला चाडपर्वमा घ्यूको मूल्यमा सहुलियत दिने भएको छ । हाल ९ सय रुपैयाँमा विक्री भइरहेको डीडीसीको घ्यूमा प्रतिकिलो ५० रुपैयाँ छुट दिने भएको हो ।

यस्तै पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट हुने संस्थानले जनाएको छ । अहिले पनिर प्रतिकिलो ७३० रुपैयाँमा बिक्री भइरहेको छ ।

तर, बिहीबार मात्रै संस्थानले दूधको मूल्य बढाएका कारण पनिरको साबिक मूल्य भने हेरफेर हुनसक्ने संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । यद्यपि बढेको मूल्यमा भए पनि संस्थानले प्रतिकिलो १० रुपैयाँ छुट गर्ने जनाएकाे छ ।


ताजा खबर