प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको बिदाइ भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । सो क्रममा राजदूत थम्प्सनले आगामी दिनमा दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभएको थियो । रासस


ताजा खबर