भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पती अमेरिकाद्वारा पक्राउ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमणमा त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको बताएका छन्। उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्।

मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन्। तर अमेरिकी महान्यायाधिवक्ताले मदुरोविरुद्ध लागुऔषध र आतङ्कवादका अभियोग घोषणा गरेका छन्।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएकी छन्। सरकारले उनीहरू दुवैको तत्काल जीवनको प्रमाणको माग गरेको उनले बताइन्।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई अधिकारीहरूले बताए अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो। एएफपि


ताजा खबर