प्रधानमन्त्रीसँग भारतका अतिरिक्त सचिवको भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि अतिरिक्त सचिव मुनु महावरले सरकारका  मन्त्रीहरुकाका साथै परराष्ट्र सचिवसँग पनि भेटवार्ता गर्नु भएको थियो । रासस


ताजा खबर