यू-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

संयुक्त अरब इमिरेट्स (यूएई) मा यही डिसेम्बर १२ देखि  हुने एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो । टोलीको सदस्यमा  नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक, विपिन शर्मा, वंश छेत्री  र  युवराज खत्री रहेका छन् ।

नेपालको पहिलो खेल श्रीलङ्कासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । यस्तै, दोस्रो खेल डिसेम्बर १५ मा बङ्गलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ । यी खेल त्यहाँको सेभेन्स स्टेडियममा हुनेछन् ।

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।

प्रतियोगिताका खेल आइसिसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा  सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा  हुनेछ । रासस


ताजा खबर