ऐतिहासिक सिन्धुलीगढी किल्लामा उभियो पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक

२९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ऐतिहासिक सिन्धुलीगढी किल्लामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरिएको छ।पृथ्वीनारायण शाहको पूर्ण कदको ढलोटको शालिकको आज एक औपचारिक समारोहका बीच संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गरेका हुन ।

शालिक अनावरण पछि आफ्नो मन्तब्यका क्रममा मन्त्री भट्टराइले नेपलको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन भएको बताएका छन् । यस किसिमका पर्यटकीय महत्व बोकेका ऐतिहासिक स्थलहरुलाई स्थानीय तहबाट प्राथमिकताकासाथ प्रवर्द्धन गर्नसके देशको समृद्धि सुनिश्चित हुने बिश्वास समेत ब्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले यस किसिमका स्थानीय सरकारका हरेक कदममा  हरतरह ले सहयोग गर्ने  बचनबद्धतापनि ब्यक्त गरेका छन् ।

कमलामाई नगरपालिकाले सिन्धुलीगढीलाई अन्तर्राष्ट्रिय गन्तब्य बनाउने सोच अनुरुप  सिन्धुलीगढी क्षेत्रमा युद्ध समाधिस्थल बनाउने अठोट गरेकोमा बधाई दिँदै मन्त्री भट्टराईले सरकारले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसर पारेर अनाबरण गरिएको शालिकले सिन्धुलीको पर्यटकीय गरिमा बढाउने अपेक्षा सहित कमलामाई नगरपालिका प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता खड्गबहादुर खत्रीले पृथ्बी नारायण शाहको सो शालिक  २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको बताएका छन्। उनले  इतिहासका बिबिध पक्ष अध्ययन गर्न पाईने अत्याधुनिक युद्ध संग्रहालय र श्री ३ बीर शमशेरले निर्माण गराएका गढी दरवार समेत यसै आर्थिक बर्षमा सिन्धुलीगढी क्षेत्रमा निर्माण गरिने योजना रहेको समेत जानकारी दिएका छन् ।

Image may contain: one or more people and outdoor

पृथ्वीनारायण शाहको शालिक स्थापना गर्ने बिषयमा सिन्धुलीका विभिन्न राजनीतिक दलहरुबीच केही मतभेद देखिएको भएपनि राष्ट्रनिर्माता शाहको भूमिका र बेलायती सेना परास्त गर्न उनको योगदानको उचित मूल्यांकन गरी अन्तत: सबै दलबीच सहमति  भएको थियो।

विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए ।  पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको थियो ।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । –सफल नेपाल, सिन्धुली

 

 


ताजा खबर