अभिनेत्री भुवन चन्ददेखि स्वस्तिमा खड्कासम्मलाई राष्ट्रिय नवदुर्गा सम्मान

काठमाण्डौको राष्ट्रिय नाँचघरमा आयोजित एक कार्यक्रममा नौ जना नेपाली चलचित्रका नायिकाहरुकालाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित गरिएको छ । रेजिना फिल्मस् र शहिद फिल्मस्को संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रथम नायिका भूवन चन्ददेखि अहिलेकी चल्तीकी नायिका स्वस्तिमा खड्कासम्मलाई एउटै मञ्चमा सम्मानित गरिएको थियो ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्मानित नौ नायिकालाई सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित हुनेमा, नायिकाहरु भूवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल, करिश्मा मानन्धर, दीपाश्री निरौला, संचिता लुइटेल, रेखा थापा, नम्रता श्रेष्ठ र स्वस्तिमा खड्का छन् ।

सम्मानित भएपछि धन्यवाद ज्ञापन गर्दै नायिका भूवन चन्दले कलाकारहरुलाई यस्ता खालका सम्मानले काम गर्न अझै हौसला मिल्ने बताइन् । कार्यक्रम आयोजक विमला केसीले नौ कलाकार चलचित्र क्षेत्रका लागि देवी भएको बताइन् । कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुती पनि प्रस्तुत गरेका थिए । रक्षा नेपालको सहयोगार्थ दशैंको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको थियो ।

 


ताजा खबर