नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो

स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।

नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालको यो दोस्रो जित हो ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए  भने भीम सार्कीले २७ रन जोडे

स्कटल्याण्ड्सको ग्लासगोमा नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो ।

मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।

त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ ।

आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो ।

त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो । रासस


ताजा खबर