एचपीभीभ्याक्सिनले छोरीलाई क्यान्सरबाट जोगाउँछ ।

 

एच पी भी ‘#हयुमनप्यापिलोमाभाइरस’ पाठेघरको मुखको #क्यान्सर हुने प्रमुख कारण हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्। त्यसो त #पाठेघरकोमुखकोक्यान्सर अन्य कारणले पनि हुन्छ, तर सबैभन्दा बढी भने एच पी भी भाइरसकै कारण हुन्छ।

यो भाइरसका कारण हुने क्यान्सरबाट जोगिन खोप उपलब्ध छ, यो खोपलाई एचपीभी भ्याक्सिन भनिन्छ। एचपी भ्याक्सिन सेवा #ॐअस्पताल मा पनि उपलब्ध छ।

अन्य भ्याक्सिनभन्दा थोरै महँगो भएपनि यसले छोरीको जिवन रक्षा गर्छ। यसको कोर्स पूरा गर्न तीन वटा भ्याक्सिन लगाउनु पर्छ। छ महिना भित्र तीनवटा भ्याक्सिन लगाउँदा कोर्स पुरा हुन्छ । यसकालागि एउटी छोरीलाई १८ हजार रुपैयाँजति खर्च लाग्छ।

यो भ्याक्सिन #नौवर्ष को उमेरदेखिनै दिनु राम्रो मानिन्छ। तर ९ देखि #४५वर्षसम्मका महिलाले समेत भ्याक्सिन लिन सक्छन्। पाठेघरमा ‘इन्फेक्सन’ नभएको भए अब उपरान्त हुने इन्फेक्सन रोक्ने काम गर्ने हुनाले ४५ वर्षसम्मका महिलाले एच पी भी भ्याक्सिन लिन मिल्छ।
#CancerOfCervix #SaveDaughters


ताजा खबर