नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त हुनुभएको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरी सीईओमा नियुक्त गरिएको जानकारी  दिएको हो।

गत चैत १० मा यसअघिका सीईओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदबाट राजीनामा दिएपछि चैत १३ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पीएको थियो।

नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव भएका ज्ञवाली कुशल चार्टर्ड एकाउन्टेन्ट हुन्।  पछिल्लो समय वित्तीय विश्लेषकका रुपमा समेत सुपरिचित ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर नबिल बैंक प्रवेश गर्नुभएको थियो।

ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक, महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हुदै सीईओ बन्नुभएको हो।  सफल नेपाल


ताजा खबर