वरिष्ठ साहित्यकार गणेश रसिकको निधन

वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ।

अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो ।

७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित हुनुहुन्थ्यो ।

रसिककी एक मात्र छोरी छिन् । उनी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।


ताजा खबर