त्रिभुव विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा १० शैयाको क्यान्सर रोग उपचार आकस्मिक कक्ष स्थापना भएको छ।
सुरेश वाग्ले क्यान्सर केयर सेन्टरबाट अब यो नयाँ सेवा उपलब्ध हुनेछ ।
चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहन राज शर्माले आज आकस्मिक कक्षको उदघाटन गर्नुभएको हो ।
उद्घाटनमा त्रि.वि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुबासप्रसाद आचार्यले क्यान्सरका बिरामीहरु आकस्मिक सेवा लिन आउँदा अस्पतालको मुख्य आकस्मिक कक्षमा भिडभाड हुने गरेकोले अलग्गै कक्ष सुरु गरिएको बताउनुभयो ।
सो अवसरमा अस्पतालका क्लिनिकल र प्रशासनिक कर्मचारीहरुको उपस्थिति थियो । रासस