१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालुतर्फ ११ अर्ब, ८० अर्ब ९८ करोड पूँजीगत तर्फ ४ खर्ब बजेट ७ अर्ब ८९ करोड वित्तिय ब्यवस्थापन तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड उठाइने अनुमान गरिएको छ। बाँकी पाँच खर्ब ९५ अर्ब ६६ करोड बराबर न्यून हुने छ। त्यसका लागि आन्तरिक ऋणबाट तीन खर्ब ६२ अर्ब र बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड बेहोरिने अर्थमन्त्री पौडेलले बताउनुभयो।

(पूर्ण पाठकालागि यहाँ क्लिक गर्नुहोस्)


ताजा खबर