फ्रेन्च कपको उपाधि पीएसजी क्लबले जित्यो

 फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले जितेको छ । 

शनिबार राति भएको फाइनलमा पीएसजीले रिम्सलाई ३-० गोलले हराउँदै उपाधि जितेको हो । लगातार दोस्रो पटक च्याम्पियन बनेको पीएसजीको यो १६औँ फ्रेन्च कप उपाधि हो । 

एकपक्षीय खेलमा पीएसजीले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । पीएसजीलाई दिलाउन ब्राडली बार्कोलाले दुई तथा अचरफ हाकिमीले एक गोल गर्नुभयो ।  एपी/रासस


ताजा खबर