राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा विकास गौचन निर्वाचित भएका छन्।
चितवनमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट डा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरिएको हो।
संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन् भने महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन्।
सचिवमा डा अरुण उप्रेती, डा अमन न्यौपाने, डा आधिराज आचार्य र डा वर्षा थापा रहेका छन्।
४१ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९ जना पदाधिकारी हुन् भने बाँकी ३२ जना केन्द्रीय सदस्यहरु हुन्।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने बताइएको छ।