राष्ट्रिय चिकित्सक संघ नेपालको राष्ट्रिय सम्मेलन

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा जारी  छ।

‘सुरक्षित पेशा, सुखी चिकित्सक’ नारा सहित आयोजित दुई दिने सम्मेलनले संघको नेतृत्व चयन गर्ने राष्ट्रिय चिकित्सक संघका अध्यक्ष प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो।

चिकित्सकहरुको पेशागत हकहित र अधिकारका लागि संघ सधैं क्रियाशिल रहेको र संगठनले पछिल्लो समय चिकित्सकहरुलाई स्वदेशमा बस्ने बातावरण बनाउन लागिरहेको समेत अध्यक्ष प्रा डा गौतमले बताउनुभयो।

उहाँले यसपटक संघले तिनवटा मुद्दालाई प्राथमिकता साथ उठाएको बताउनुहुँदै उहाले चिकित्सकहरुले एमडिएमएस र त्यो भन्दा माथि पढ्नकालागि राज्यले उचित व्यवस्था मिलाउनु पर्ने, नेपालमा रहेका ३०० शय्या भन्दा माथिका सबै अस्पतालहरुलाई शिक्षण अस्पतालका रुपमा विकास गर्न सकिने र त्याहाँ रहेका कन्सल्ट्यान्टहरुलाई फ्याकल्टीका रुपमा स्थापित र त्याहाँका साधन श्रोतलाई उपयोग गरेर देशभर ठुलो संख्यामा पोष्ट ग्रयाजुएसन पढाउन सकिने व्यवस्था मिलाउने ।

ठुलो संख्यामा चिकित्सकहरु विदेशिने क्रमलाई रोक्न र स्वदेशमा चिकित्सकहरुका लागि उचित वातावरण वनाउन नसकिएको अवस्था अन्त्य गर्न चिकित्सकहरुलाई आफ्नो जिवनशैली सहज रुपमा चलाउन सक्ने तलबको सुनिश्चित गर्न,  भारत पाकिस्तान र बङ्गलादेशमा चिकित्सकको सुरुवाति तलब नेपालको भन्दा दुई देखी चार गुणा बढी रहेको र अन्य सुविधाहरु समेत सरकारले नै व्यवस्था गरेको उल्लेख गर्दै नेपालमा पनि हालको काम नपाउने र पाएपनि हतलमा पर्ने अत्यन्त न्यून तलवलाई छिमेकी मूलुकहरुमा जत्तिको बनाउन पहल गर्ने, कम्तिमा परिवार र समाजको अपेक्षा पुरा गर्ने किसिमले  न्यायसंगत तथा मानबोचित तलब व्यवस्था मिलाउने र देशमा नै गरीखानसक्ने वातावरण तयार गर्ने।

त्यसैगरी, चिकित्सकहरुको सुरक्षा नभएको आजको अवस्थालाई सुधार गर्न विशेष गरी जेल विथआउट वेल वाला कानून चैं लागू हुन सकेन त्यसका लागि काम गर्ने। चिकित्सकले स्वास्थ्य संस्थामा निर्भयपूर्वक स्वतन्त्रतापूर्वक कामगर्न सक्ने वातातवरण सुनिश्चित गर्न र उहाँहरुको पेशाको ज्यानको सुरक्षाका लागि काम गर्ने ।

डाक्टरहरु जिवनभर डेरामा बस्नुपर्ने गाडी चढ्न नसकेर मोटरसाइकल चढ्नुपर्ने बाध्यताबाट मुक्त गर्नका लागि राज्यले चिकित्सकहरुका लागि अत्यावश्यक सेवा विशेष सहुलियत र सस्तो व्याजदर राखेर ऋण  उपलव्ध गराउनुपर्ने तथा चिकित्सकको कम्तिमा एउटा चारकोठे आफ्नैघर एउटा सस्तो खालको भएपनि गाडी होस, छोराछोरी पढाउन विद्यालयहरुमा सहुलियतको व्यवस्था होस् भन्ने हिसावले काम गर्ने बताउनुभयो ।

अव रानितिक हिसावले मात्र काम गरेर नहुने र खास खास मुद्दामा डटेर लाग्नुपर्ने समय आएको र एमबिबिएस भर्नाको लागि एकद्वार इन्ट्रान्स प्रणालीलाई अत्यन्त  दक्ष, कम्प्युटराइज्ड तथा पक्षपात रहित व्यवस्था गर्नुपर्नेछ । देश बाहिर छात्रबृत्तिमा जानेहरुकालागि गरिएका अफ्ठ्याराहरु हटाउनुपर्नेछ, देशमा ११ र १२ कक्षामा अनिवार्य रुपमा विज्ञानको अध्यापन हुनुपर्छ । जसले विद्यार्थी जुसुकै क्षेत्रमा गएपनि सक्षम भएर काम गर्न सक्छ ।

प्रा.डा. गौतमले समपूर्ण चिकित्सकहरुलाई उत्साहपूर्वक सम्मेलनमा सहभागि हुन आग्रह गर्दै मथिका विषयहरुलाई सुनिश्चित गर्न संगठनमा आवद्ध हुन आग्रह समेत गर्नुभएको छ ।


ताजा खबर