सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत हुनुहुन्थ्यो भने विभिन्न देशबाट पाल्नुभएका मन्त्री, नीति निर्माता, विज्ञलगायत हुनुहुन्थ्यो ।

संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुना सहभागी हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संवादको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भइ पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भएका थिए । सगरमाथा संवाद तीन दिनसम्म चल्नेछ । रासस


ताजा खबर