आज १२ मे विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, क्यरिङ फर नर्सेस स्ट्रेन्थेन्स इकनमिज्’ रहेको छ ।
कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारी बारे जानकारीमूलक प्रस्तुतिहरुसँगै नर्स दिवसको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा ॐ हस्पिटलका संचालक समेत रहनुभएकी वरिष्ठ बारलोग विशेषज्ञ डा. रिता सिंह, ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बाहदुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी तथा ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव प्रसाद चौलागाईँले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी, नर्सिङ विभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट बक्तृत्वकला, हाजिरी जवाफ, नाटक लगायतका बिबिध मनोञ्जनात्मक कार्यक्रमहरुपनि प्रस्तुत गरिएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा प्यापलभ सदन (समूह डि) ले प्रथम स्थान, फ्लोरेन्स सदन(समूह बि) ले द्वितिय स्थान, न्यूम्यान्स सदन (समूह सी) ले तृतिय र भर्जिनियाँ हेन्डर्सन सदन ले चौथो स्थान हाँसिल गर्नुभएको थियो ।
त्यसैगरी, ‘आवर नर्सेस आवर फ्युचर, क्यरिङ फर नर्सेस स्ट्रेन्थेन्स इकनमिज्’ शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितामा आइसियु विभागबाट सहभागि हुनुभएकी नर्स रोशनी श्रेष्ठले प्रथम स्थान हाँसिल गर्नुभएको थियो । इमर्जेन्सी विभागबाट सहभागि हुनुभएकी नर्स कृष्णा भण्डारीले द्वितिय स्थान हाँसिल गर्नुभएको थियो भने ओटी विभागवाट सहभागिता जनाउनु भएका मेल नर्स लक्ष्मण श्रेष्ठले तृतिय स्थान हाँसिल गर्नुभएको थियो ।
त्यसैगरी, विरामीको सेवामा अहोरात्र खट्ने नर्सहरुको कथाव्यथा सहितको विशेष नाटकको सुत्राधार इन्फेक्सन कन्ट्रोल विभागकी नर्सिङ इन्चार्ज इच्छा थापा मगर हुनुहुन्थ्यो । उहाँलाई अभिनयमा विभिन्न विभागका नर्सहरु तथा कर्मचारीहरु मञ्जु मेहता, सञ्जु नापित,पूजा केसी, सरिना केसी, पेमा याङ्चिन, ऋचा शाह, स्मारिका कँडेल, राजन बास्तोला लगायतले साथ दिनुभएको थियो ।
कार्यक्रम पोष्ट अपरेटिभ वार्डकी नर्स श्री लक्ष्मी कर्माचार्य र डिलक्स वार्डकी नर्स जोयाना धौलाकोटीले संचालन गर्नुभएको थियो ।