किराँत समुदायले आज उभौली पर्व मनाउँदै

आज किराँत समुदायमा उभौली पर्व मनाइँदै छ । प्रकृतिका पुजारी यस समुदायले वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै उभौली पर्व मनाउँछन् ।

चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमालाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिनका रुपमा पनि लिइन्छ ।

आजै, चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ । विशेषत: काठमाडौं नजिकैको बनेपा र आसपासका क्षेत्रमा चण्डेश्वरी जात्रा प्रचलनमा छ ।

यस जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाउने गरिन्छ । रासस


ताजा खबर