अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘हाम्रा नर्सहरू, हाम्रो भविष्य, हेरचाहको आर्थिक शक्ति’ (“Our Nurses. Our Future. The economic power of care.”) भन्ने नारासहित नेपालका अस्पताल, नसिर्ङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले आज विभिन्न कार्यक्रम गर्दैछन् ।

आधुनिक नसिर्ङका संस्थापक फ्लोरेन्स नाईटिङगेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नसिर्ङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्ष मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ ।

नेपालमा अहिले ६० हजार भन्दा बढी नर्स रहेको नेपाल नर्सिङ काउन्सिलले जनाएको छ । नेपालमा रहेका कुल नर्समध्ये एक प्रतिशत मात्रै पुरुष नर्सहरु छन् ।

वर्षेनि ५ हजारको दरले नर्सहरु उत्पदान हुने गरेको भएनि रोजगारीको अवसर थोरै मात्र रहेको र अधिकांश विदेशीने गरेका छन् । रासस


ताजा खबर