नयाँ बर्ष २०२० को शुभकामना सहित ॐ हस्पिटलमा ‘सर्जरी विशेष’ प्याकेज अफर

काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभूतपूर्ब सहुलियत अफर सहितका सर्जरी प्याकेज अघि सारेको छ।

प्याकेज अन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा अगाडि सारेको छ । पहिलो किसिमको प्याकेजलाई  इन्टरमिडिएट सर्जरी भनिएको छ जस अन्तर्गत मात्र रु.३२,०००/- (बत्तिस हजार रुपैंया) मा शल्यकृया गराउन सकिने समाचारमा जनाइएको छ ।

दाेश्राे किसिमको प्याकेज अन्तर्गत भने मेजर अप्रेशन समावेश गरिएको छ । यस प्याकेज अन्तर्गत मात्र रु.३६,०००/- (छत्तिस हजार रुपैंया) मा अप्रेशन गराउन सकिने बताइएको छ ।

प्याकेजमा ल्यापरोस्कोपिक बिधि बाट (दुरबिनको प्रयोगबाट) पित्त थैलीको पथ्थरी, एपेन्डिक्स लगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ । यसको साथमा  ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरु समेत समावेश रहेका छन् ।

सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र डाक्टरको कन्सल्टेशन चार्ज समेत समेटिएको यस प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताउनु भएको छ ।  क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नु पर्ने उहाँको भनाई छ ।

सर्जरी प्याकेजका बारेमा थप जानकारीका लागि अस्पतालको  कर्पोरेट डेस्कमा प्रत्यक्ष  सम्पर्क गर्न सकिनेछ ।  कल सेन्टरको नम्बर ०१४२२७६२२५ मा अथवा मोबाइल नम्बर ९८०२०७६२४७ र ९८०२०७६२२५ मा कल गरेर पनि जानकारी लिन तथा  नाम दर्ता गर्न सकिने ब्यवस्था गरिएको अस्पतालबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्याकेज अफर यही २०७६ साल पुस १९ गते देखी पुस २९ गतेसम्म लागू हुने समाचारमा जनाइएको छ ।

-सफल नेपाल, काठमाडौं ।

 

 


ताजा खबर