नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको अध्यक्षमा बुढाथोकी

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको तेस्रो केन्द्रीय अधिवेशनले सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत जिलकजंग बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

तेस्रो केन्द्रीय अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिष्णु प्रसाद खनाल(गोरखापत्र संस्थान), उपाध्यक्षहरू कपिल प्रसाद पन्त (नेपाल टेलिकम), करण भण्डारी (नेपाल टेलिकम), र अभिमन्यु खड्गी (डी.डी.सी.) चयन गरेको छ ।

त्यसैगरी, महासचिवमा रामचन्द्र लम्साल (नेपाल टेलिकम), सचिवहरू प्रमोद भट्टराई (रेडियो नेपाल), अशोक घिमिरे (रासस),  सुजना पौडेल (नेपाल टेलिकम) र कोषाध्यक्षमा नन्दु कुमार तन्दुकार (केयुकेएल) चयन हुनुभएको छ ।

त्यस्तै, अधिवेशनबाट सदस्यहरूमा प्रल्हाद न्यौपाने, ओम पण्डित, सोम तामाङ, सुन्दर राज बखुन्छे, निर्मला आचार्य, दल बहादुर बि.क. चयन हुनुभएको छ ।  रासस


ताजा खबर