रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।
हेमोफिलिया रोग भएका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच गत फागुन ४ गते सम्झौता भएको थियो ।
स्वास्थ्य मन्त्रालय, व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले सम्झौता अनुसारको औषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रव्रिmया सुरु हुने जानकारी दिनुभयो । उहाँले पाँच प्रकारका औषधी आएको जानकारी दिँदै आवश्यकता अनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गर्नुभएको कार्यक्रम अनुसार देशका सात वटै प्रदेशका र अन्य थप १० प्रादेशिक अस्पतालमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ मा हेमोफिलिया भएको हुन सक्ने अनुमान गरिएको छ । रासस