बृद्ध नागरिक सेवा समाजलाई राष्ट्रिय वाणिज्य बैंकको सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्ध नागरिक सेवा समाज, चाबहिललाई समाजमा रहेका बृद्धबृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई मंगलबार एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेको छन् ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए ।  सो कार्यक्रममा बरिष्ठ साहित्यकार डा।तारानाथ शर्मा, डा। गौरिशंकर लाल दाश, छत्र प्रधान, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, बिष्णु बस्नेत, ईश्वर उप्रेती, वडा प्रतिनीधि लगायत जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । -सफल नेपाल, काठमाडौं


ताजा खबर