नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
सो अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
सातै प्रदेशमा गरिएको वार्षिकोत्सव विशेष रक्तदान कार्यक्रम मार्फत कूल ४१२ पिन्ट रगत संकलन गरिएको छ । जसमा कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१र सुदुरपश्चिम प्रदेशको टीकापुरमा २८ पिन्ट रगत संकलन भएको थियो ।
कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर पनि सञ्चालन गरेको छ ।
वार्षिकोत्सव विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई आजको अवस्थासम्म ल्याइपुर्याउन मार्ग निर्देशन प्रदान गर्नुहुने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनीहरु प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । त्यसैगरी, सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथदिने कर्मचारीहरुलाई पनि धन्यवाद दिनुभएको छ । उहाँले नियामक निकायहरुका साथसाथैे सम्पूर्ण सरोकारवालाहरुमा धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा पनि सबैको माया, विश्वास, साथ र सहकार्य पाईरहने अपेक्षा आफुले गरेको जिकीर समेत गर्नुभयो ।