बालबालिका मुस्कान कोषबाट स्वास्थ्य उपचार सहयोग

रिलिफ नेपाल सिन्धुलीमा रहेको बालबालिका मुस्कान कोषबाट थालसेमिया मेजर भन्ने रोग लागेकि स्मृति माझीको उपचारकालागि नगद दश हजार रुपैया सहयोग प्रदान गरिएको छ । सहयोग रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलबाट बालिकाका बाबु सन्तलाल माझीलाई हस्तान्तरणगरिएको हो ।

कमलामाई नगरपालिका वडा नम्वर १३ बस्ने माझीको छोरिलाई जन्म देखिनै उक्त रोगलागेको र न्युन आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएकोले स्वास्थ उपचार सहयोग प्रदान गरिएको हो । शरिरमा रगत उत्पादन नहुने भएकाले पटक पटक रगत दिईराख्नु पर्ने भएकोले उपचारकालागि कठिन भएको सन्लाल माझीले बताएका छन् ।

बालबालिकालाई सुनौ भन्ने मुख्य नाराका साथ कार्यक्रम सञ्चालन गरिरहेको रिलिफ नेपालले बालबालिकामा देखिने जोखिमी अवस्थालाई पहिचान गरि समाधानमा सहयोग पु¥याउने हेतुले २०७५ मा बालबालिका मुस्कान कोष नामको एक कोष खडा गरेको थियो । बालिकाको व्यक्तीगत स्वास्थ्य अवस्था पहिचान, पारिवारिक अवस्था पहिचान सहित सम्बन्धीत वडा कार्यालयको सिफारिसमा उक्त कोषबाट सहयोग प्रदान गरिएको हो ।

जन्मदै जटिल स्वास्थ्य समस्या लिएर आउनु दुर्भाग्यपुर्ण भएपनि बालिकाको लागि हामिले गरेको सहयोगबाट स्वास्थ्य लाभ भएको सुन्न पाउ भन्दै रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले उचित उपचारको व्यवस्था मिलाउन परिवारलाई आग्रह गरेका छन् ।

– के.आर. बिजय, सफल नेपाल -सिन्धुली


ताजा खबर