ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा १३६ औं मे दिवस भव्यता पूर्वक मनाइएको छ ।




आज ॐ हस्पिटल प्रङ्गणमा आयोजित विशेष समारोहका बीच ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा तथा विशेष ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।




ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशब प्रसाद चौलागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ॐ हस्पिटलका संचालकहरु तथा शेयधनीहरु, वरिष्ठ चिकित्सकहरू, कर्मचारी युनियनका पदाधिकारीहरु तथा सदस्यहरु र कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो।


ॐ हस्पिटलमा २५ बर्षे लामो अवधि सेवा गरी अस्पताललाई उहाँहरुले दिनुभएको योगदानको कदर स्वरुप कर्मचारीहरु इन्दिरा प्रधान, चन्दा पाण्डे, भुवन मानन्धर, कमला घिमिरे र मोना देवी रिजाललाई दिर्घ सेवा पदक कदरपत्र सहित सम्मानित गरिएको थियो ।


कार्यक्रमलाई ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा.भोला रिजाल, ॐ हस्पिटल संंचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, ॐ नर्सिङ क्याम्पसका अध्यक्ष टंक श्रेष्ठ, ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव प्रसाद चौंलागाईले सम्बोधन गर्नु भएको थियो ।






डिलक्स वार्डमा कार्यरत नर्स सरस्वती हिङमाङ परियारले सञ्चलन गर्नुभएको कार्यक्रमको अन्तमा ॐ हस्पिटलका कर्मचारीहरुले विविध सांस्कृतीक कार्यक्रमहरु समेत प्रस्तुत गर्नु भएको थियो ।




समारोहमा बिबिध मनोरञ्जनात्क कार्यक्रमम तथा दिवा भोजको समेत आयोजना गरिएको थियो ।