आमाको आशीर्वचन

~शोभा पाण्डेय / सिलवाल  

बाबुनानी ! ज्ञानी बन्नू , असल बन्नू सधैं
आफूभन्दा,  ठुलालाई ,आदर गर्नु जहिल्यै ।
स्वप्न देख्नू,खुलाआँखा,सगरमाथा चुम्नू
वचन राख्नू, मधुर सधैं, कार्य महान्  गर्नू ।
आत्म निर्भर, बन्नू सदा, सेवा गर्नू सबको
रवि जस्तो ,उदाउनू ,हुनु सदा बर्को ।
आँखा चिम्ली ,हेर्नु तिमी ,पढ्नू अन्तर्आत्मा
आचरण ,राम्रो  राखी, चिन्नू परमात्मा।
पाहुनालाई।  स्वागत् गर्नू, गुरुलाई श्रद्धा ।
सानालाई, माया गर्नू , अरूलाई  भन्दा ।
सेवा गर्नू ,समाजको, स्वार्थ रहीत बनी
संस्कार र, रीतिरिवाज , नभुलेरै तिमी  ।
तिम्रा दुःख, पीडा हरुन्, दैव होओस् दाहिने
सुख,सन्तोष, प्राप्त  होओस्, यस संसारमा पाइने ।
मभन्दा  नि, हामी भन्ने, भाव आओस्
सदा
 राम्रोलाई, स्थान दिनू,  हाम्रो
लाई भन्दा ।
आफ्नो  घरलाई, सर्वस्व हो ,भन्ने  कुरा ठान्नू
विदेशको ,मोह त्याग्नू ,स्वदेशमै  बस्नू ।
बाधा व्यवधान ,नआओस् ,भन्ने म चाहन्छु
तिम्रो जन्म , सफल बनोस्, भनी आशिष दिन्छु ।

ताजा खबर