उखुको मूल्य माग गर्दै काठमाडौँको माइतीघरमा किसानको धर्ना

उखु किसानहरुले उखुको मूल्य माग गर्दै काठमाडौंको माइती घरमा धर्ना दिएका छन् । किसानहरुले बक्यौता रकम माग गर्दै शनिबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले विभिन्न शीर्षकमा काटेर ४३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेको आन्दोलनरत किसानहरुले बताएका छन् ।

चिनी मिलहरुले २०७० देखिकै रकम नदिएको किसानहरु बताउँछन् । हालसम्म ५० करोड बक्यौता रहेकोमा महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उनीहरुले बताएका छन् । – सफल नेपाल


ताजा खबर