कुमारी बैंक लिमिटेडले २४ औं वार्षिकोत्सव मनायो

कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गरेको छ। साथै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ।

देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि बैंक हरदम प्रतिबद्ध जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ-आफ्नो  परम्परा र संस्‍कृतिको महत्व दर्साउन “परम्परागत भेषभुषा” पहिरन गर्न प्रोत्साहित गरेको छ। यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान तथा सम्वर्द्धन गर्न मद्दत पुर्‍याएको विश्वास लिएको छ।

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यक्षेत्रमा “विविधतामा एकता” लाई जोड दिएको छ। यस पहलमार्फत  बैंकले “सबैका लागि सधैँका लागि” भन्ने मूल उद्देश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ।

यसका साथै वार्षिकोत्सवका अवसरमा विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना भएको छ। यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ।


ताजा खबर