नेपालमै पहिलोपटक माइक्रोवेभ एब्लेशन प्रोसिडियोरबाट मृगौलाको ट्युमरको उपचार

काठमाडौंको चाबहिलमा रहेको ॐ अस्पताल तथा रिसर्च सेन्टरमा नेपालमा पहिलोपटक मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ।

ॐ अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले आइसियु तथा एनेस्थेसिया विभागका डाक्टरसँगको सहकार्यमा पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गरेका हुन्।

उनको दाहिने मृगौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटरभन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचारमा ॐ अस्पतालका युरोलोजी विभागका प्रमुख प्रा.डा.भोलाराज जोशीको टिम संलग्न रहेको थियो।

प्रा.डा.भोलाराज जोशीले यस किसिमको प्रोसिडियोर स्लो ग्रोइङ ट्युमरहरूका लागि र निकै साना साइजका ट्युमरहरूको उपचारका लागि अत्यन्त प्रभावकारी रहेको बताए।

 


ताजा खबर