ॐ अस्पतालमा सञ्चालित सघन उपचार नर्सिङ प्रशिक्षण सम्पन्न

काठमाडौं– चाबहिलस्थित ॐ अस्पतालमा सघन उपचार नर्सहरूका लागि सञ्चालित छैटौं सघन उपचार नर्सिङ प्रशिक्षण कार्य्रकम सम्पन्न भएको छ। ॐ अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले प्रशिक्षित नर्सहरुलाई प्रमाणपत्र वितरण गरेका छन्।

उनले तालिमपछि प्रमाणपत्र ग्रहण गर्ने क्रिटिकल केयर नर्सहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

नेपाल क्रिटिकल केयर नर्सिङ एसोसिएसनकी अध्यक्ष लक्ष्मी केसीले तालिम सकेर प्रमाणपत्र पाएका नर्सहरूले स्तरीय सघन उपचार सुनिश्चित गर्नेमा आफू विश्वस्त रहेको बताइन्।

देशभर सघन उपचारलाई नर्सहरुका लागि यस किसिमको प्रशिक्षण अपरिहार्य रहेको भन्दै उन ॐ अस्पताल तथा क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालले नेपालमा सुरु गरेको यो तालिम कार्यक्रम अत्यन्त अनुकरणीय रहेको जिकिर गरिन्।

क्रिटिकल केयर नर्सेज एसोसिएसन अफ नेपालकी एक्रिडेसन कमिटी चेयरपर्सन विमला श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै देशभरका सघन उपचारकक्षमा अब स्तरीय सघन उपचार नर्सिङ सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै यो तालिम कार्यक्रमले देशभरको सघन उपचार सेवाको स्तर वृद्धि गर्ने बताइन्।

क्रिटिकल केयर नर्सिङ ट्रेनिङ प्रोग्रामकी कोर्स डाइरेक्टर कविता सिटौलाले तालिम सम्पन्न गरेका सबैलाई बधाई तथा शुभकामना दिँदै देशभर रहेका विभिन्न अस्पतालमा रहेका ४५० वटा आइसियु बेडमा नै स्तरीय सेवा पुर्याधउन अस्पतालहरुमा कार्यरत सघन उपचार नर्सहरुलाई दक्षता अभिवृद्धि गर्न यस किसिमको तालिमको आवश्यकता महसुस गरी तीन वर्षअघि यो कार्यक्रम सुरु गरिएको समेत जानकारी गराइन्।

चरणवद्ध रुपमा सञ्चालन भएको तीन महिना लामो सो प्रशिक्षणमा विभिन्न अस्पतालहरुबाट सहभागी भएका नर्सहरुले सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्राप्त गरेका छन्।


ताजा खबर