स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. देवकोटा

सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ ।

यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाउनुभएका डा देवकोटाले विहिवार नै  कार्यभार सम्हाल्नु भएको  जानकारी दिनुभयो ।

डा देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो । रासस


ताजा खबर